BSW 2nd Year

Compulsory Nepali Board Question Paper 2020

Views: …
TRIBHUVAN UNIVERSITY
2082 (Regular)
Bachelor Level 4 Yrs. Prog /Humanities /II Year
Compulsory Nepali
अनिवार्य नेपाली - ४०२
website-logo TUpapers.com
Full Marks:70 Time: 3 Hrs.

Candidates are required to give their answer in their own words as far as practicable.
The figures in the margine indicate full marks.

1.

तलका दुई प्रश्नको उत्तर दिनुहोस् : [३+३=६]
(क) तलको अनुच्छेदमा रेखाङ्कित शब्दको अक्षरीकरण र अक्षर सङ्ख्याङ्कनसमेत गर्नुहोस् :
हामी आज समाचार आदिले ग्रसित छौँ । हामीलाई समाचारहरूले ग्रसित र त्रसित पारेका छन् । हामी आफ्नै वरिपरिका परिवेशभित्र भइघटेका काला छायाको भुमरीको देख्दछौँ ।
(ख) तलको अनुच्छेदलाई वर्णविन्यास मिलाई शुद्ध गर्नुहोस् :
विकासका निम्ति सान्ती अनिवार्य कुरा हो । शान्ती भएन भने समृद्धि हुन्न । त्यसैले हामी सबै आजै बाट उन्नतीको बाटोमा लागौँ ।

2.

कुनै दुई प्रश्नको उत्तर दिनुहोस् : [३+३=६]
(क) तलको गद्यांश पढी दुई तत्सम, दुई तद्भव र दुई आगन्तुक शब्द पहिचान गर्नुहोस् :
ग्रिन टिलाई स्वास्थ्यकर पेय पदार्थका रूपमा विश्वभरि पिउने गरिन्छ । विशेषगरी चीन, जापानलगायत देशहरूमा यो ज्यादै लोकप्रिय छ । वैज्ञानिक अध्ययन र अनुसन्धानले यसको गुणस्तरीयताको पुष्टि गरेका छन् ।
अथवा
माथि प्रश्न नं. २ (क) को अनुच्छेदमा रेखाङ्कित शब्दको पदवर्ग पहिचान गर्नुहोस् ।
(ख) तलको अनुच्छेदबाट तीनवटा समस्त र तीन वटा द्वित्व शब्द टिपी तिनको निर्माणप्रक्रिया देखाउनुहोस् :
हिजोआज पाँचतारे होटलमा बसेर निमुखाहरूको उत्थानमा आलफल गफगाफ गर्नेहरूलाई देख्दा रिस उठेर आउँछ । गरिबका नाममा आफ्नो करोडपति बन्ने सपना उनीहरूको हुने गर्दछ । के गर्नु, यस्ता गोबरगणेशहरूमा झैझगडा गरेर पनि नसकिने ।
(ग) तलको अनुच्छेद पढी छवटा प्राविधिक/पारिभाषिक शब्द टिपोट गर्नुहोस् :
पाश्चात्य चिकित्साशास्त्रले आश्चर्यजनक प्रगति हासिल गरिसकेको छ । खास गरी यस शताब्दीको उत्तरार्द्धमा जीवविज्ञान तथा जीव रसायनशास्त्रमा भएका प्रगति र शल्यचिकित्सा तथा संवेदनाहरण (एनेस्थेटिक) का सम्बन्धमा भएका विकासले गर्दा शल्यचिकित्सकलाई मानिसका मुटु र मस्तिष्क जस्ता अङ्गमा समेत आफ्ना चक्कुहरूको प्रयोग गर्न सम्भव तुल्याएको छ ।

3.

कुनै दुई प्रश्नको उत्तर दिनुहोस् : [३+३=६]
(क) अज्ञात भूतकालका क्रियाको प्रयोग गरी आफूले देखेको कुनै सपनाको छ वटा वाक्यमा वर्णन गर्नुहोस् ।
(ख) आज्ञार्थक क्रियाको प्रयोग गरी साथीलाई गाउँमै उद्यम गरी आर्जन गर्न सल्लाह दिँदै ६ वाक्यको एउटा अनुच्छेद लेख्नुहोस् ।
(ग) तलका वाक्यलाई एउटै संयुक्त वाक्यमा वाक्यान्तरण गर्नुहोस् :
तराईमा प्रशस्त मात्रामा अन्न बाली उब्जन्छ । तराईको माटो ज्यादै उर्वर छ । तराईमा सिँचाइको राम्रो व्यवस्था छ । तराई नेपालको अन्न भण्डार हो ।

4.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४]
(क) तल दिइएको तालिकालाई अनुच्छेदमा रूपान्तरण गर्नुहोस् :

वर्ष (वि.सं.)प्रथम श्रेणीद्वितीय श्रेणीतृतीय श्रेणी
२०७८५५६०१४
२०७९६४७०२२
२०८०७६५०१६
२०८१११२२२१

अथवा
तलको अनुच्छेदको सूचना र तथ्यलाई तालिकामा रूपान्तरण गर्नुहोस् :
सम्पत्तिको आधारमा सबैभन्दा ठूलो राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति ८९ अर्ब २२ करोड रुपियाँ पुगेको छ । कुल सम्पत्तिको प्रतिशत भन्दा बढी हिस्सा ओगटेको बैंकहरूमा कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकको क्रमशः ५९ अर्ब ४७ करोड, १९ अर्ब १० करोड, ५८ अर्ब १४ करोड रुपियाँ छ । नेपाल बैंकको कुल सम्पत्ति ५२ अर्ब ६० करोड रुपियाँ बराबर छ ।
(ख) ‘युवाशक्ति र देशविकास’ शीर्षकमा १०० शब्दमा नबढाई एउटा अनुच्छेद लेख्नुहोस् ।

5.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४]
(क) तलको अनुच्छेदमा रेखाङ्कित शब्दहरूले के कस्तो व्याकरणिक सङ्गति निर्माण गरेका छन् ?
कृष्णप्रसाद गाउँका भलाद्मी हुन् । गाउँको विकासमा उनको महत्वपूर्ण योगदान छ । कृष्णप्रसाद भएपछि गाउँमा नचिन्ने कोही छैनन् । त्यसैले उनलाई अनुकरणीय व्यक्ति मानिन्छ ।
(ख) तलको अनुच्छेदमा रेखाङ्कित शब्दले केकस्तो कोशीय सङ्गति निर्माण गरेका छन् ?
देशलाई माया गर्नु देशवासीको कर्तव्य हो । जति आफूप्रति प्रेम हुन्छ, त्यति देशलाई पनि गर्नुपर्छ । देशको विकासमा सबै जुट्नुपर्छ । तेरो मेरो भन्ने भावना हटाउनुपर्छ । यही देशमा हाम्रो जन्म, यही देशमा हाम्रो मृत्यु पनि हुन्छ ।

6.

(क) तलको गद्यांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् : [१.५×४=६]
मानव विज्ञानको सुरुवात २६ लाख वर्षअघि भएको अनुमान गरिन्छ । लगभग २६ लाख वर्षपहिले मानव पुर्खाले सिकार खेल्नका लागि ढुङ्गाको हतियार निर्माण गरेका थिए । त्यो ढुङ्गे हतियार केन्यामा फेला परेको थियो । त्यसबखतका लागि ढुङ्गाको हतियार बनाउनु अहिले अन्तरिक्षको अध्ययनका लागि स्याटलाइट बनाउनु बराबरको आविष्कार हो । स्याटलाइट बनाउने वैज्ञानिक जति महान हुनु, ढुङ्गाको हतियार बनाउने मानव पुर्खा पनि त्यति नै महान हुन् । अर्थात् यसो भन्न सकिएला, आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त पत्ता लगाउनुभन्दा कम महान कार्य थिएन, ढुङ्गाको हतियार बनाउनु । त्यसपछिको अर्को महान आविष्कार हो आगो । आगोको आविष्कार १४ लाख २० हजार वर्षपहिले अफ्रिकामा रहेका मानव पुर्खाले गरेका थिए । ४ लाख वर्षपहिले मानव पुर्खाले ओत लाग्न, छोप्न र जिउ ढाक्नका लागि छाला अथवा रुखका बोक्रा कपडाका रूपमा प्रयोग गर्न सुरु गरेका थिए । ती कसले पत्ता लगाएका थिए, कसले प्रयोग गर्न सुरु गरेका थिए ? हामी भन्न सक्दैनौँ तर यी पनि हाम्रा लागि महान वैज्ञानिक आविष्कार नै थिए । ती मानव पुर्खा हाम्रा लागि महान वैज्ञानिक नै हुन् ।
हाम्रा पुर्खाले लाखौँ वर्ष अघिदेखि सुरु गरेको आविष्कारको निरन्तरता हो आजको विज्ञान र वैज्ञानिक आविष्कार । वैज्ञानिक चेतनाको विकास नभएको भए हाम्रो जीवन कति कहालीलाग्दो हुन्थ्यो ? कल्पना पनि गर्न सकिँदैन । अरू त के अहिले जस्तो जाडो र गर्मी छल्ने थरीथरीका कपडा मात्र नभइदिएको भए हाम्रो जीवन कति दर्दनाक हुने थियो । औषधि पत्ता नलागेको भए मानवजीवन सम्भव हुन्थ्यो ? शरीर संरचनाबारे थाहा नभएको भए हाम्रो जीवन सम्भव थियो ? बिजुली आविष्कार नभएको भए जीवन अन्धकारमय हुने थियो । अहिलेको औद्योगिक प्रगति असम्भव हुने थियो । गाडी अथवा हवाईजहाज नभएको भए मानव जीवन साँघुरो भूगोललाई नै संसार मानेर बाँच्न बाध्य हुने थियो । रकेट, स्याटलाइट नभइदिएको भए यो ब्रह्माण्ड हाम्रा लागि रहस्य मात्रै हुने थियो । सूर्यमा ‘भगवान्’ नै रहिरहने थियो, चन्द्रमा ‘पूज्य’ नै रहिरहने थियो । तर वैज्ञानिक आविष्कारले ती के हुन्, हाम्रासामु राखिदिएको छ ।
प्रश्नहरू
क. ढुङ्गाको हतियार बनाउनेलाई केसँग तुलना गरिएको छ ?
ख. ढुङ्गाको हतियार निर्माण गर्नुलाई किन महान कार्य मानिएको हो ?
ग. सूर्य ‘भगवान्’ नै रहिरहने थियो, चन्द्रमा ‘पूज्य’ नै रहिरहने थियो भन्नुको तात्पर्य के हो ?
घ. मानव विज्ञानको आरम्भ कसरी भएको थियो ?
(ख) तलको अनुच्छेद पढी सोधिएका प्रश्नको सर्वोपयुक्त उत्तरमा रेजा लगाउनुहोस् :
गुरु भनेको यात्राको पथप्रदर्शक हो । कुनै पनि विषय क्षेत्रमा प्रवेश गर्दा त्यसमा पारङ्गतता प्राप्त गर्न उपस्थितिले सजिलो हुन्छ । गुरुले मान्छेलाई भयदेखि मुक्त गर्दछन्, अन्धविश्वासदेखि मुक्त गर्दछन्, आध्यात्मिक क्षेत्रमा गुरुले जीवनको लक्ष्य देखाउँछन्, पुग्नुपर्ने ठाउँतर्फ सङ्केत गर्दछन् र यसका निम्ति निश्चित मार्ग देखाउँछन् तर भने मान्छे आफैले गर्न पर्दछ । त्यस निम्ति दक्षता प्राप्त गर्न गुरु निर्णायक होइनन्, विषयप्रतिको तत्परता र निरन्तरता निर्णायक हो । प्रेरणाका प्रतीक हुनुपर्ने हुँदा गुरु आदर्शवान् हुनु जरुरी हुन्छ । कमसेकम शिष्यलाई उसको गुरुत्व पात्रतामा सन्देह रहन हुँदैन । त्यो गुरु अर्थात् प्रेरणाको स्रोत भने संसारको जोसुकै र जेसुकै पनि हुन सक्छ । द्रोणाचार्यको मूर्तिलाई साक्षी बनाएर एकलव्य धनुर्विद्यामा पारङ्गत बनेका थिए । गुरुको गरिमाले शिष्यको निष्ठामा अधिक भर गरेको हुन्छ । आफ्नो विवादास्पद व्यक्तित्वका अतिरिक्त पनि एकलव्यको दिव्य शिष्यत्वकै कारण द्रोणाचार्यको गुरुत्व सम्मानित भएको छ । मान्छेहरू प्रायः एकलव्यले द्रोणाचार्यलाई गुरुदक्षिणास्वरूप बुढीऔँला समर्पित गरेकोमा दुःखी हुन्छन् तर गुरुले मागेको दक्षिणा समर्पण गर्न नसकेको पश्चात्तापले जीवन भर पीडित रहनुका तुलनामा औँला काटेर दिनुमा नै एकलव्यले पूर्णता र परितृप्तिको अनुभव गरेनन् भनेर कसरी भन्नु । एकलव्यले आफ्नो जीवनमा पाएको चोट बुढीऔँला र धनुर्विद्याको सीपभन्दा धेरै उच्च कोटिको थियो भन्ने आधार पनि त छन् ।
प्रश्नहरू
क. ‘पथप्रदर्शक’ शब्दको अर्थ कुन हो ?
(अ) सही मार्ग देखाउने
(आ) प्रजातन्त्र
(इ) गुरु वचन
(ई) उकालो यात्रा
ख. गुरुका विशेषतामा तलका मध्ये कुन पर्दैन ?
(अ) आदर्शवान्
(आ) सिर्जनात्मक
(इ) कठोर
(ई) मानवता
ग. शिक्षा कसरी आर्जन गरिन्छ ?
(अ) उत्पन्न गरेर
(आ) गहन अध्ययन र साधना गरेर
(इ) नाचगान गरेर
(ई) संविधानमा लेखेर
घ. गुरुको गरिमाले शिष्यको निष्ठामा अधिक भर गरेको हुन्छ । यस वाक्यमा उद्देश्य र विधेय कुन हुन् ?
(अ) गुरुको, गरिमाले
(आ) निष्ठामा, हुन्छ
(इ) गरिमाले, हुन्छ
(ई) भर, हुन्छ

7.

प्रश्न नं. ६ (क) का अनुच्छेद पढी त्यसबाट मुख्यमुख्य चार बुँदा टिप्नुहोस् : [४]
अथवा
प्रश्न नं. ६ (क) को गद्यांशलाई सङ्क्षेपीकरण गर्नुहोस् ।

8.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४]
(क) कुनै प्रसिद्ध निबन्धकारको व्यक्तिगत विवरण तयार पार्नुहोस् ।
(ख) आफ्नी दिदीको बिहेका लागि परिवारका जेठ्ठ सदस्यका तर्फबाट पठाउने निमन्त्रणापत्रको नमुना तयार पार्नुहोस् ।

9.

तलका शीर्षकमध्ये कुनै एक शीर्षकमा २५० शब्दको निबन्ध लेख्नुहोस् :
(क) मेरो जीवनको लक्ष्य
(ख) देशविकासको आधार : ग्रामीण विकास
(ग) नेपालमा पर्यटन व्यवसायको सम्भावना

10.

अन्तर्राष्ट्रिय इन्जिनियर दिवसको सन्दर्भ पारेर आयोजित वृक्षारोपण कार्यक्रम समेटेर एउटा प्रतिवेदन तयार पार्नुहोस् ।

11.

कुनै दुई प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ‘तिम्रो र हाम्रो मन एक होओस्’ गीतको मूल भाव के हो ?
(ख) ‘मेरो चोक’ कवितामा के कस्तो व्यङ्ग्य पाइन्छ ?
(ग) ‘एक रात’ कथामा के कस्तो क्रान्तिको भावना प्रस्तुत गरिएको छ ?

12.

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ‘सत्ताको खोजमा’ लैङ्गिक विभेदले ग्रस्त नेपाली समाजको चित्रण गरी सफल एकाङ्की हो । यस भनाइको पुष्टि गर्नुहोस् ।
(ख) ‘चुली’ विषयवस्तुगत र शैलीगत नवीनता भएको उपन्यास हो भन्ने विषयमा आफ्नो प्रतिक्रियात्मक अभिव्यक्ति दिनुहोस् ।