BSW 2nd Year

Compulsory Nepali Board Question Paper 2081

Views: …
TRIBHUVAN UNIVERSITY
2081 (Regular)
Bachelor Level 4 Yrs. Prog /Humanities /II Year
Compulsory Nepali
अनिवार्य नेपाली - ४०२
website-logo TUpapers.com
Full Marks:70 Time: 3 Hrs.

Candidates are required to give their answer in their own words as far as practicable.
The figures in the margine indicate full marks.

1.

तलका दुवै प्रश्नको उत्तर दिनुहोस् : [३+३=६]
(क) तलको अनुच्छेदमा रेखाङ्कित शब्दको अक्षरीकरण र अक्षर सङ्ख्याङ्कनसमेत गर्नुहोस् :
जीवन अनुभवको कुटुरो हो । यसलाई बाँच्नुपर्छ तर समाधिमा आएर मृत्युपूर्व विश्लेषण पनि गर्नु पर्दछ ।
(ख) तलको अनुच्छेदलाई वर्णविन्यास मिलाई शुद्ध गर्नुहोस् :
सडक घरबार नभएकाहरूको आश्रयस्थल बन्नु कदापि हुँदैन । कठै तिनीहरूलाई त्यसरी बस्न दिनुहुँदैन । हामीले तिनीहरूलाई सहयोग गरेर मानवता देखाउनुपर्दछ ।

2.

कुनै दुई प्रश्नको उत्तर दिनुहोस् : [३+३=६]
(क) तलको गद्यांश पढी दुई तत्सम, दुई तद्भव र दुई आगन्तुक शब्द पहिचान गर्नुहोस् :
गरिब मानिसका लागि विवाह समस्या बन्न थालेको छ । अहिले समाजमा यसलाई सान देखाउने र पैसा उडाउने माध्यम बनाउने काम भइरहेको छ । सुनको बढ्दो मूल्य त झन् टाउको दुखाइको विषय बनेको छ ।
अथवा
माथि प्रश्न नं. २ (क) को अनुच्छेदमा रेखाङ्कित शब्दको पदवर्ग पहिचान गर्नुहोस् ।
(ख) तलको अनुच्छेदबाट तीनवटा समस्त र तीन वटा द्वित्व शब्द टिपी तिनको निर्माणप्रक्रिया देखाउनुहोस् :
अंशबन्डाका लागि छोराहरूले रातदिन दबाब दिएपछि पीताम्बरले आफ्नो घरखेत उनीहरूलाई फाँटेर दिए । झैँ झगडा गरेर पहिलेदेखेका छोराहरूले सम्पत्तिका लागि त्यसो गर्दा टोलटोलमा त्यसले चर्चा पायो । जसले जे जे भने पनि उनी मौन बसेका छन् ।
(ग) तलको अनुच्छेद पढी छवटा प्राविधिक/पारिभाषिक शब्द टिपोट गर्नुहोस् :
मूल्य अभिवृद्धि कर वस्तु तथा सेवाको उपभोगमा लाग्ने अप्रत्यक्ष कर हो । करयोग्य वस्तु तथा सेवाको उत्पादन, पैठारी तथा वितरणका विभिन्न तह र चरणहरूमा हुने मूल्य अभिवृद्धिको तहमा लाग्ने कर भएकाले नै यसलाई मूल्य अभिवृद्धि कर भनिएको हो । यो कर उपभोक्ताको उपभोगबाट सङ्कलन गरिन्छ ।

3.

कुनै दुई प्रश्नको उत्तर दिनुहोस् : [३+३=६]
(क) पूर्ण भूतकालका क्रियाको प्रयोग गरी आफूले विगतमा गरेको कुनै राम्रो कामबारे छ वटा वाक्यमा वर्णन गर्नुहोस् ।
(ख) आज्ञार्थक क्रियाको प्रयोग गरी वैदेशिक रोजगारमा रहेको भाइलाई सम्झाउँदै ६ वाक्यको एउटा अनुच्छेद लेख्नुहोस् ।
(ग) तलका वाक्यलाई एउटै संयुक्त वाक्यमा वाक्यान्तरण गर्नुहोस् :
गाउँ नजिकै जङ्गल छ । जङ्गलमा अग्ला रूखहरू छन् । जङ्गलमा प्रशस्त घाँस पाइन्छ । गाउँलेहरूले जङ्गलकै भरमा गाईबाख्रा पालेका छन् । उनीहरूको दैनिकी जङ्गलबाटै चलेको छ । उनीहरूले जङ्गलबाट धेरै फाइदा लिएका छन् ।

4.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४]
(क) तल दिइएको तालिकालाई अनुच्छेदमा रूपान्तरण गर्नुहोस् :

ज्योति मा.वि.मा एसईईमा उत्तीर्ण विद्यार्थीको स्थिति
शैक्षिक वर्षछात्रछात्रा
२०७५५२.७९%४७.२१%
२०७६४६.३४%५३.६६%
२०७७४८.५७%५१.४३%
२०७८५५.३२%४४.६८%
२०७९४४.४२%५५.५८%

अथवा
तलको अनुच्छेदको सूचना र तथ्यलाई वृत्ताकार चित्रमा रूपान्तरण गर्नुहोस् :
एउटा निजी विद्यालयले आफ्नो आम्दानीबाट विभिन्न शीर्षकहरूमा खर्च गर्ने गरेको छ जसअनुसार शिक्षक तथा कर्मचारीको तलबमा ३३.४३ प्रतिशत खर्च गर्छ भने घरभाडामा २२.५७ प्रतिशत खर्च गर्छ । त्यसै गरी बैंक ऋणको मासिक किस्ता तिर्न २७ प्रतिशत खर्च गर्छ, १२ प्रतिशत बचत गर्छ भने ५ प्रतिशत अन्य विविध शीर्षकमा खर्च गर्छ ।
(ख) ‘युवामा बढ्दो लागु पदार्थको दुर्व्यसन’ शीर्षकमा १०० शब्दमा नबढाई एउटा अनुच्छेद लेख्नुहोस् ।

5.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४]
(क) तलको अनुच्छेदमा रेखाङ्कित शब्दहरूले के कस्तो व्याकरणिक सङ्गति निर्माण गरेका छन् ?
सुन्दरले खेती गर्न थालेको छ । उसले प्रशस्त आम्दानी गरेको छ किनभने उसले कठोर परिश्रम गरेको छ । यसो गर्दा उसले विषादयुक्त तरकारी खानुपरेको छैन । यसबाट उसको स्वास्थ्य अवस्था निकै राम्रो बन्न पुगेको देखिन्छ ।
(ख) तलको अनुच्छेदमा रेखाङ्कित शब्दले के कस्तो कोशीय सङ्गति निर्माण गरेका छन् ?
हरिश डाक्टर बन्ने इच्छा पूरा गर्न चाहन्थ्यो । सरकारले छात्रवृत्ति दिएर उसको मनसुबा पूरा गरिदियो । ऊ डाक्टर बनेर गरिब जनतालाई अकालमै मर्न नदिने कार्यमा जुटेको छ । उसले सबैबाट मान एवम् सम्मान पाउने निश्चित छ ।

6.

(क) तलको गद्यांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् : [१.५×४=६]
सूर्यकै अस्तित्वका कारण पृथ्वीमा मानव तथा पशुपक्षी र वनस्पतिहरूको अस्तित्व रहेको छ र सूर्यकै कारण पृथ्वीमा सजीवता छाएको पनि छ तापनि पृथ्वीमा बढ्दो वातावरणीय प्रदूषण (जल, स्थल, हावा, ध्वनि), हरितगृह प्रभाव, अम्लवर्षा, हावापानीको प्रतिकूलता आदिले गर्दा पृथ्वीको तापक्रममा दिनानुदिन वृद्धि भइरहेको पाइन्छ । बढ्दो औद्योगिकीकरण, आधुनिक रासायनिक हातहतियारको उत्पादन, जैविक तथा रासायनिक औषधिको प्रयोग आदिले पृथ्वीको ओजोन तहमा असर पर्न गई यसले सूर्यको विकिरण रोक्न सक्ने क्षमता गुमाउँदै गएको पाइन्छ । सूर्यबाट आएको पराबैजनी किरणहरूलाई रोक्ने ओजोन तहको विनाशका कारण आज पृथ्वीमा समस्त प्राणीले कठिन वातावरणीय स्थिति सामना गर्नुपरिरहेको छ । अनायास बढ्दो तापक्रम, हावापानीमा आएको परिवर्तन आदिले पृथ्वीवासीको संरक्षणमा सहयोग गर्नुको साटो नोक्सान पुर्‍याई जीवनमा सङ्कट उत्पन्न गर्दछ ।
तापक्रमप्रति देखा परेको असामाजिक अवस्थाको समाधान गर्नका लागि पृथ्वीवासी बेलैमा सजग तथा सक्रिय हुन आवश्यक देखिन्छ । हामीले सौर्य शक्तिलाई ऊर्जाका रूपमा बदल्न सक्नुपर्दछ । सौर्यशक्तिलाई ऊर्जाका रूपमा प्रयोग गर्न सकेमा पृथ्वीवासीलाई सस्तो र भरपर्दो ऊर्जाको स्रोत मिल्ने काम नभएर वातावरणमा समेत सुधार आई सूर्यको उपस्थिति पृथ्वीवासीका लागि वरदानसिद्ध हुनेछ । तर यसको बेवास्ता गरियो र असन्तुलित रूपमा पृथ्वीको तापक्रम बढ्ने समस्याको सही समाधानबारे गम्भीर रूपमा सोचिएन भने यो एउटा अभिशाप बन्न मात्र नभएर यसबाट सम्पूर्ण मानवजातिको संहारसमेत हुनेछ ।
प्रश्नहरू
(अ) पृथ्वीमा तापक्रम बढ्नुको कारण के हो ?
(आ) ओजोन तहलाई प्रभाव पार्ने तत्त्व के के हुन् ?
(इ) ओजोन तहको विनाशको परिणाम के कस्तो रहेको छ ?
(ई) सूर्यको उपस्थिति पृथ्वीवासीका लागि कसरी वरदानसिद्ध हुन सक्छ ?
(ख) प्रश्न नं. ६ (क) का अनुच्छेद पढी सोधिएका प्रश्नको सर्वोयुक्त उत्तरमा रेजा लगाउनुहोस् : [१×४=४]
(अ) सूर्यको अस्तित्वका कारण के परिणाम देखिएको छ ?
(क) पृथ्वीमा पशुको अस्तित्व रहनु
(ख) पृथ्वीमा मानवको अस्तित्व रहनु
(ग) पृथ्वीमा वनस्पतिको अस्तित्व रहनु
(घ) पृथ्वीमा मानव, पशुपक्षी र वनस्पतिहरूको अस्तित्व रहनु
(आ) ओजोन तहले के काम गर्छ ?
(क) पृथ्वीको वातावरण मिलाउँछ ।
(ख) सूर्यको किरणलाई नियन्त्रण गर्छ ।
(ग) सूर्यबाट आएका पराबैजनी किरणहरूलाई रोक्छ ।
(घ) पृथ्वीमा सूर्यको किरण आउन दिँदैन ।
(इ) सौर्यशक्तिलाई केमा बदल्नु आवश्यक छ ?
(क) साहस
(ख) ऊर्जा
(ग) धैर्य
(घ) तापक्रम
(ई) ‘अभिशाप’ को खास अर्थ के हो ?
(क) सराप
(ख) वरदान
(ग) धैर्य
(घ) जालझेल

7.

प्रश्न नं. ६ (क) का अनुच्छेद पढी त्यसबाट मुख्यमुख्य चार बुँदा टिप्नुहोस् : [४]
अथवा
प्रश्न नं. ६ (क) को गद्यांशलाई सङ्क्षेपीकरण गर्नुहोस् ।

8.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४]
(क) कुनै प्रसिद्ध कविको व्यक्तिगत विवरण तयार पार्नुहोस् ।
(ख) कुनै साहित्यिक कृतिको विमोचन कार्यक्रममा उपस्थित हुनका लागि लेखिने निमन्त्रणापत्रको नमुना तयार पार्नुहोस् ।

9.

तलका शीर्षकमध्ये कुनै एक शीर्षकमा २५० शब्दको निबन्ध लेख्नुहोस् : [७]
(क) मेरो देश मेरो स्वर्ग
(ख) शारीरिक तन्दुरुस्तीका लागि योग
(ग) नेपालमा रेल यातायातको सम्भावना

10.

आफू अध्ययनरत कलेजले भर्खरै सम्पन्न गरेको कविगोष्ठी तथा साहित्यिक छलफल कार्यक्रमको विवरणहरूलाई समेटेर एउटा प्रतिवेदन लेख्नुहोस् । [५]

11.

कुनै दुई प्रश्नको उत्तर लेख्नुहोस् : [४+४=८]
(क) ‘तिम्रो र हाम्रो मन एक होओस्’ गीतको मूल भाव के हो ?
(ख) ‘टाउको’ निबन्धमा के कस्तो व्यङ्ग्य पाइन्छ ?
(ग) ‘आरुको बोट’ कथामा के कस्तो सामाजिक परिवेश पाइन्छ ?

12.

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : [६]
(क) ‘चुली’ उपन्यासमा जीवनसम्बन्धी के कस्तो दृष्टिकोण प्रस्तुत गरिएको छ ? प्रस्ट पार्नुहोस् ।
(ख) ‘सत्ताको खोजमा’ एकाङ्कीमा के कस्तो लैङ्गिक विभेदको चित्रण गरिएको छ ? प्रकाश पार्नुहोस् ।